Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


कांग्रेस कार्यकर्ताको खुकुरी प्रहारबाट एमालेका दुई कार्यकर्ता घाइते


0
Shares

रविनको टाउको र अनुपको खुट्टामा गम्भिर चोट लागिको प्रहरीले बताएको छ । दुवै घाईते नेकपा एमालेको कार्यकर्ता रहेको एमाले ताप्लेजुङका सन्तोष खतिवडाले जनाएका छन् । घटना राजनीतिक पूर्वाग्रहका आधारमा भएको खतिवडाको आरोप छ ।

उनिहरुमाथि नेपाली कांग्रेसका मनोज खिमदिङ र झरेन्द्र लिम्बुसहितको समूहले खुकुरी प्रहार गरेको खतिवडाको भनाइ छ ।

आईतबार विहान करिब २÷३ बजेको समयमा सोही स्थानमा रहेको कालिका मावि नजिकै आक्रमण भएको घाइतेले बताएका छन् । साथीको घर गएर बिहानै फर्कने क्रममा आक्रमण भएको घाइतेको भनाइ छ ।

खुकुरी प्रहार गर्ने मनोजको समूह फरार रहेकाले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक होमनाथ दाहालले जानकारी दिए ।

यता नेपाली कांग्रेसकी जिल्ला सभापति लिलादेवी बोखिमले एमालेले उनिहरुलाई चुनावलाई प्रभाव पार्न पैसा बाँड्न पठाएको र खोस्न खोज्दा दोहोरो झडप भएको बताइन् ।

घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । घाईते दुबैजनाको जिल्लामा उपचार हुन नसकेपछि बाहिर रेफर गरिएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ ।