अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले कमी आएर ५६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन तोलाको ५६ हजार एक सयमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर ७ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आईतबार साँझसम्म सुन प्रतिऔंस १२ सय ९२ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्