
पारस खड्काको कप्तानी र ज्ञानेन्द्र मल्लको उपकप्तानीमा सोमबार छानिएका १४ खेलाडीमा शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, विनोद भण्डारी, सोमपाल कामी, सागर पुन र मोहम्मद आरिफ शेख हुन् ।
त्यस्तै, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ र ललित भण्डारी पनि टोलीमा छानिएका छन् ।
आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस सम्मिलित छनोट समितिले छानेका चारजना रिजर्भ खेलाडीमा कुशल भुर्तेल, अनिलकुमार साह, जितेन्द्र मुखिया र सिद्धान्त लोहनी छन् । कुशल र अनिल भने अतिरिक्त खेलाडीकारुपमा युएई जानेछन् ।
यही मंसिर २० र २२ गते युएईकै मैदानमा हुने खेलका लागि नेपाली टोली मंसिर १३ गते बुधबार युएई जानेछ ।
नेपालले मंसिर १५ र १७ गते अमेरिका र केन्यासँग अभ्यास खेलसमेत खेल्ने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्