१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


अवैध गर्भबाट जन्मेको छोरीको हत्या अभियोगमा आमा पक्राउ


0
Shares

श्रीमान् विदेश गएको समयमा परपुरुषसँगको सम्पर्कबाट मंगलबार जन्मेको शिशुलाई भकारोमा पुरी हत्या गरेको अभियोगमा २२ वर्षीया अधिकारीलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।

परिवारका सदस्यले गोठमा रगत देखेर खोजी गर्नेक्रममा भकारोमा नवजात शिशुको शव भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धानका लागि नियन्त्रणमा रहेकी अधिकारीले अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलालाई कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि प्रहरीले अनुसन्धान सुरु गरेको छ । रासस