२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पृथ्वीजयन्तीको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय


0
Shares

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको छ ।

२०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्तीको बिदा कटौती गरेको थियो ।

यसैगरी, मन्त्रिपरिषद बैठकले मकवानपुरको रातोमाटेदेखि चौकीटोलसम्मको पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको भागलाई राजमार्गबाट हटाउने र रातोमाटेदेखि राप्ती पुलसम्म ३ किलोमिटर बाइपासलाई राजमार्गकोरुपमा निर्माण गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हदबन्दीभन्दा बढी जग्गा राख्ने छुट दिँदै उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवधेशकुमार त्रिपाठीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको मन्त्री बस्नेतले जानकारी दिए ।