२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सवारी नियम उल्लंघन गर्ने १,८३१ चालक कारवाहीमा


0
Shares

महाशाखाका अनुसार कारवाहीमा पर्नेमध्ये ४६१ जना चालक लेनअनुशासन पालना नगरेको अवस्थामा फेला परेका हुन् । त्यस्तै ८५ जना मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा फेला परेका छन् भने ५८ जना जथाभावी हर्न बजाएबापत कारवाहीमा परेका हुन् ।

त्यस्तै जथाभावी पार्किङ गर्ने, आवश्यक काजगात नबोकि सवारी चलाउने चालकहरु पनि कारवाहीमा परेका छन् ।

यसैबीच ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन दिनखोज्ने एक जनालाई गौशालाबाट नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । पछिल्लो समय ट्राफिक प्रहरीले आर्थिक प्रलोभन दिन खोज्ने चालकमाथिको कारवाहीलाई पनि प्राथमिकता दिदैं आएको छ । जसअनुसार केही दिन यता दैनिकजसो त्यस्ता व्यक्ति पक्राउ पर्दै आएका छन् । उनीहरुलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाही हुने महाशाखाले जनाएको छ ।