२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संविधानको धारा ८२ र १७४ राष्ट्रघाति : अध्यक्ष काफ्ले


0
Shares

शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अध्यक्ष काफ्लेले केन्द्र सरकार र प्रदेश सरकारले गरेका कुनैपनि काम कार्यका विरुद्धमा प्रश्न गर्न नपाइने र अदालतसम्म जान नपाईने संवैधानिक व्यस्थालाई राष्ट्रघातीको संज्ञा दिएका हुन ।

मुलुक र जनताको सेवक बन्ने बाचाका साथ संसदमा पुगेका कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षस्थ नेताको कमजोरीका कारण जनघाति संविधान आएको भन्दै अध्यक्ष काफ्लेले दलहरुको गल्ति नभएर संविधानमा यस्तो जटिलता सिर्जना गर्नु महाअपराध भएको टिप्पणी गरे ।

उनले भने,‘हाम्रो मुलुकलाई शान्त रहेको र विकास भएको देख्न नचाहाने शक्तिहरुको आशिर्वादस्वरुप ठुलै रहस्यका साथ यस्तो संविधान आएको छ, प्रदेश सरकारले गरेका कामहरुको बारेमा कुनै टिप्पणी गर्नु नपाउने स्वायत्त अधिकारले मुलुकको अखण्डतामाथि प्रश्न चिन्ह खडा गर्छ, जनताको अधिकारलाई पर्दाले छेक्ने काम संविधानको धारा ८२ र १७४ ले गरेको छ, यसमा नेपाली जनताले कडा आलोचना गर्नुपर्छ, आगामी निर्वाचनमा विवेकको प्रयोग गरेर आफ्नो मत हाल्नुपर्छ ।’

विश्वका ७० मुुलुकको संविधानलाई पल्टाएर हेर्दा पनि नेपालको संविधान जति अफ्ठयारो र अनउपयोगी संविधधान कही नभएको बताउँदै अध्यक्ष काफ्लेले राणा शासन र राजतन्त्रका बेला समेत यति कठोर संविधान नभएको स्मरण गराए ।

त्यस्तै साक्षात्कारमा नेपाल बारका महासचिव खम्मबहादुर खातिले संविधानको धारा ५५, ८२ र १७४ लाई लिएर आत्तिनुपर्ने स्थिति नरहेको स्पष्ट पारे ।

उनले भने,‘जन समाजवादी पार्टीका अध्यक्षज्युले भनेको कुरा राम्रो हो तर आँत्तिनु पर्ने स्थिति म देख्दिन, संविधानका अरु धारामा जनताले आफ्ना अधिकारका बारेमा संविधानले नदिएको समेत अधिकार प्राप्त गर्ने स्थान छ, बरु प्रदेशसभा प्रमुखको नियुत्तिको विषय र सरकारले त्यसका बारेमा ल्याउनुपर्ने नियामावलीको बारेमा प्रश्न उठाएर जनतालाई सुसुचित बनाउन सबैलाई आग्रह गर्दछु ।’

साक्षात्कारमा कानुनविद् र राजनीतिक पार्टीका प्रतिनिधिका कुरा सुनि सकेपछि नागरिक समाजका अगुवा डा.सुन्दरमणी दिक्षितले वर्तमान संविधानलाई महा कच्चा संविधानको रुपमा टिप्पणी गरे ।