Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


शरद गौचन हत्या प्रकरणका मुख्य योजनाकार समीरमान पक्राउ


0
Shares

केन्द्रिय अनुसन्धान व्यूरोले शनिबार ३४ वर्षिय बस्न्यातलाई चितवनको नारायणघाटबाट प्रक्राउ गरेको हो । गत असोज २३ गते अभियुक्त बस्न्यातको योजनामा गौचनको नयाँ बानेश्वरमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ०७३ साल पौष ४ गते युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या गरेको र चैत्र २९ गते गौरीघाटमा दावा लामालाई गोली हानी घाइते बनाउने मुख्य योजनाकार बस्न्यात नै रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंको बाफल स्थायी घर भएका बस्न्यातले साढे २ वर्ष देखि नेपाल बाहिर बसी विभिन्न अपराधिक कार्यहरु गर्दै आएको विरगञ्ज देखि विराटनगर जोड्ने हुलाकी मार्गको ढेक्का कमिसन वापत दुई प्रतिशत माग गरेको रकममा गौचनले वेवास्था गरेको कारण हत्या गरेको प्रहरीले जनाएको छ ।

गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता मृतक कुमार घैटेमार्फत २ करोड ५० लाख समेत डाँफे कन्स्ट्रक्सनको शेयर रकम बापत गौचनसँग लिई सकेको प्रहरीले जनाएको छ ।

उक्त रकममा १ करोड बस्न्यातको भएको र घैटेको मुत्युपछि उक्त रकम फिर्ता गर्न भनेपछि बस्न्यात र गौचनको विवाद उत्कर्षमा पुगेको समेत जनाएको छ ।

हाल उक्त हत्या काण्डमा बस्न्यात सहित ८ जना पक्राउ परिसकेको छ भने ७ जना अझै फरार रहेको छ ।