१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


गगन थापाको चुनाव प्रचारलाई लक्षित गरी विस्फोट, थापासहित १५ जना घाइते


0
Shares

                                        तस्वीर-दिलिप पौडेल र जीवन भन्डारीबाट

काठमाडौंको बुढानिलकण्ठ, चपलीस्थित भंगाल महादेव कोलनी छेउमा गराइएको बम विष्फोटमा कांग्रेस नेता गगन थापासहित १५ जना घाइते भएका छन् ।

क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहेका थापा घरदैलोमा जाँदै गर्दा उनलाई नै लक्षित गरी बम प्रहार गरिएको थियो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सातजना घाइतेको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार हुँदैछ ।

घाइते हुनेमा प्रदेश सभाका कांग्रेस उम्मेदवार साधुराम खड्कासहित राजकाजी श्रेष्ठ, जयराम लामिछाने, ध्रुव खड्का र एक जना महिला छन् ।

यसअघि सोमबार बिहान बालुवाटारमा दुईवटा बम फेला परेको थियो । निष्कृय तुल्याउने क्रममा एउटा बम विस्फोट भएको थियो ।

24550565_1922255584470838_975381551_n