Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


बर्दियामा उम्मेदवारको घर अगाडी वम विस्फोट


0
Shares

नयाँशक्ति पार्टीका उम्मेदवार केशव पौडेलको घर नजिकको नालिमा बम विस्फोट गराईएको हो ।

बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्वर १ बाट सदस्य पदका उम्मेदवार पौडेलको घर अगाडी तर्साउने उद्देश्यले वम पड्काईएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

विस्फोटका कारण .कुनैपनि मानविय क्षती नभएको उनले वताए । विष्फोटबाट नाली माथीको स्ल्यावमा सामान्य क्षती पुगेको जनाईएको छ ।

दुई जना व्यक्तीले वम विस्फोट गराएको वुझिएकोले उनीहरुको खोजी भैरहेको प्रजिअ भट्टराईले वताए । निर्वाचनका वेला तर्साउनका लागि वम विस्फोट गराईएको स्थानिय प्रशासनले जनाएको छ ।

विस्फोट पछि वाँसगढीका स्थानीयहरु त्रसित वनेका छन् । स्थानीय राजु सुबेदीले करिब ६ बजेर ३५ मिनेटमा हामिले ठुलो आवाज सुनेको बताएका छन ।