१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


वैद्यखानाले ‘जिएमपी’ मापदन्डको औषधि उत्पादन गर्ने


0
Shares

वैद्यखानाका प्रबन्ध निर्देशक डा.वंशदीप शर्मा खरेलले चालु आवको अन्त्यसम्मका कम्तीमा चार उत्पादन ‘गुड म्यानुफ्याक्चरीङ प्राक्टिस’ (जिएमपी) अनुसार उत्पादन गरिने जानकारी दिएका हुन् ।

त्यसका लागि अन्तर्राष्ट्रिय मापदन्डमा आधारित उत्पादन गर्न पहिलो चरणको गृहकार्य सकिएको उनले बताए । प्रबन्ध निर्देशक खरेलले वैद्यखाना नेपालको सबैभन्दा पुरानो आयुर्वेद औषधि उत्पादन गर्ने उद्योग भएकाले यसका उत्पादनलाई पनि अन्तर्राष्ट्रिय मापदन्डअनुसार बनाउन आगामी पाँच वर्षमा सबै उत्पादन जिएमपी मापदन्डअनुसार उत्पादन गर्ने लक्ष्य रहेको बताए ।

स्वास्थ्य नीति, २०७१ अनुसार औषधि उत्पादन गर्दै आएको वैद्यखाना सिंहदरबार वैद्यखानाले २०५२ सालदेखि समितिमार्फत सन्चालन हुँदै आएको छ । जिएमपीमा जानका लागि औषधि व्यवस्था विभागबाट समितिले स्वीकृति पाइसकेको छ । जिएमपीमा जानका लागि कुनै पनि औषधि उद्योगले विश्व स्वास्थ्य संगठनको मापदन्डअनुसारको उपकरण प्रयोग गरी उत्पादन गर्नुपर्ने हुन्छ ।

उत्पादन भएको औषधि परीक्षण गर्ने ल्याब पनि सोहीअनुसारको हुनुपर्छ । समितिले उत्पादन गरेका पाउडर (चूर्ण), ट्याब्लेट र क्याप्सुलका विभिन्न उत्पादनलाई जिएमपीअनुसार उत्पादन गर्ने तयारी गरेको छ ।

जिएमपीमा औषधि जाने भएपछि विश्वबजारमा उचित मूल्यमा बिक्री–वितरण भई व्यवसायीलाई फाइदा हुने वैद्यखानाको भनाइ छ । समितिले देशमा उपलब्ध प्राकृतिक जडीबुटीको प्रयोग गरी १८५ प्रकारका आयुर्वे्दिक औषधिको उत्पादन गर्दै आएको छ । रासस