बुधबार भारतको चन्डिगढमा भएको खेलमा ३९३ रनको चुनौती लिएर मैदानमा उत्रिएको श्रीलंकाले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा २५१ रन बनाउन सकेपछि भारतले फराकिलो जित हासिल गरेको हो ।
श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले सर्वाधिक १११ रन बनाएको इनिङ्समा भारतका युज्भेन्द्र चाहालले ३ विकेट लिए ।
यसअघि, कप्तान रोहित शर्माको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले ४ विकेटको क्षतिमा ३९२ रन बनाएको थियो ।
रोहितले १५३ बलको सामना गर्दै १२ छक्का र १३ चौकाको मद्दतले अविजित २०८ रन बनाए । योसँगै एक दिवसीयमा तेस्रो दोहोरो शतक बनाउने रोहित पहिलो खेलाडी बनेका छन् । त्यसैगरी, श्रेयस आइयरले ८८ तथा शिखर धवनले ६८ रन बनाए ।
यो जितसँगै भारतले तीन खेलको शृंखलामा एक/एक को बराबरी गरेको छ । पहिलो खेल श्रीलंकाले ७ विकेटले जितेको थियो ।
तेस्रो तथा निर्णायक खेल बिशाखापट्नममा आगामी आइतबार हुनेछ ।









प्रतिक्रिया दिनुहोस्