Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


म्यानमारलाई ३३७ रनको विशाल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा


0
Shares

समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३३७ रनको विशाल अन्तरले हराउँदै समूह विजेताकोरुपमा नेपालले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

थाइल्यान्डमा जारी प्रतियोगिताअन्तर्गत् बिहीबार दिउँसो सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५१ रनको लक्ष्य दिएको थियो ।

विस्फोटक ब्याटिङ गरेको नेपालले निर्धारित् ३५ ओभरमा ६ विकेट गुमाएर ३५० रन जोड्यो । नेपालका लागि कप्तान रित गौतमले अविजित १०६ रन जोडे ।

यसैगरी, तीर्थराज दासले ६४ रन जोड्दा प्रतिस जिसीले अविजित ६३ रनको योगदान दिए ।

जवाफमा ३५१ रनको लक्ष्य लिएर मैदान उत्रिएको म्यानमार मात्र १३ रनमा अलआउट भयो ।

नेपालका लागि नारायण जोशी र मेखबहादुर थापाले समान ४/४ विकेट लिए ।

८ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’बाट नेपालसँगै उपविजेता बन्दै हङकङले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।