शनिबार भएका खेलमा जित हासिल गर्दै सुदूरपश्चिम–११ का ‘ए’ र ‘बी’ टिम अन्तिम आठमा पुगेका हुन् ।
धनगढी रंगशालामा शनिबार भएकोे पहिलो खेलमा सुदूरपश्चिम–११ ‘ए’ले नेपाल प्रहरी प्रदेश नम्बर–७ लाई ४–० को फराकिलो अन्तरले हरायो ।
उसको जितमा विनोद केसीले २ गोल गरे भने जीवन चौधरी र रामसिंह रानाले एक/एक गोल गरे । खेलको ‘म्यान अफ द म्याच’ २ गोल गरेका केसी घोषित भए ।
शनिबारै भएको दोस्रो खेलमा सुदूरपश्चिम–११ ‘बी’ले पशुपति स्कीमिमर्सलाई ५–० को फराकिलो अन्तरले पाखा लगायो ।
खेलमा सुरुआतदेखि नै दबाब बनाएको सुदूरपश्चिम–११ ‘बी’ले राजीव चौधरीको ह्याट्रिकको मद्दतमा शानदार जित दर्ता गरेको हो ।
खेलको चौथो मिनेटमै हिक्मत खत्रीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । खेलको २१औं मिनेटमा रुपेश चौधरीले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
खेलको ४४औं मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरेका राजीवले ४७औं र ६५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनी खेलको ‘म्यान अफ द म्याच’समेत घोषित भए ।
मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगिता पुस ८ गतेसम्म चल्नेछ ।
फारवेस्ट पशुपति युवा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले डेढ लाख रुपैयाँ पुस्कार जित्नेछ ।










प्रतिक्रिया दिनुहोस्