Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


इपीएल क्रिकेटको तयारी पुरा, सोमबारबाट कीर्तिपुरमा सुरु हुँदै


0
Shares

विभिन्न ६ शहरको नामबाट सहभागीता जनाउने प्रतिस्पर्धीले अहिलेसम्मकै सर्वाधिक पुरस्कार २१ लाख रुपैयाँका लागि प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताअघिको पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । सो कार्यक्रममा सहभागी क्लवका कप्तानहरुले उपाधिका लागि आफ्नो टिम तयार रहेको प्रतिक्रिया दिए ।

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले यो प्रतियोगितालाई स्वीकृति प्रदान गरेको छ । त्यसैगरी आकर्षणका रुपमा विदेशी खेलाडी पनि सहभागी हुँदैछन् ।

त्यस्तै प्रत्येक टिममा एक खेलाडी ट्यालेन्ट हन्टमार्फत लिइएको छ भने बाँकी खेलाडी अक्सनमार्फत किनिएका हुन् ।