थाइल्यान्डमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।
सोमबार दिउँसो स्वदेश फर्किएको नेपाली टोलीलाई सुशील कोइराला मेमोरियल फाउन्डेसन, आफन्त तथा शुभेच्छुकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
प्रतियोगितामा सहभागिता अनिश्चित रहेका बेला फाउन्डेसनको प्राविधिक सहयोगमा टोली तयार पार्दै नेपालले प्रतियोगितामा भाग लिएको थियो ।
प्रतियोगिता अवधिभर कुनैपनि टोलीले नेपाललाई कडा टक्कर दिन नसकेको कप्तान रित गौतमको प्रतिक्रिया छ ।
यस्तै, प्रशिक्षक दीपेन्द्र चौधरीले तुलनात्मकरुपमा कमजोर प्रतिस्पर्धीविरुद्ध आफ्नो टोलीले स्वाभाविक खेल पस्किएको प्रतिक्रिया दिए ।
सेमिफाइनलमा मलेसियालाई हराएको नेपालले समूह चरणमा आयोजक थाइल्यान्ड, हङकङ र म्यानमारलाई पराजित गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्