मेस्सीलाई सन् २०१६/०१७ सिजनमा स्पेनिस ला लिगा प्रतियोगितामा सर्वाधिक गोल गरेबापत पीचीची अवार्ड प्रदान गरिएको हो । त्यस्तै उनलाई मार्काले अलफ्रेडो डि स्टेफानो अवार्ड पनि प्रदान गरिएको छ । सो अवार्ड ला लिगामा सिजनभर उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गरिन्छ ।
मेस्सीले गत सिजन ला लिगामा ३४ खेल खेल्दै ३७ गोल गरेका थिए । बार्सिलोनाकै लुइस सुवारेजले मेस्सीकोभन्दा दुई कम अर्थात् ३५ गोल गरेका थिए ।
बार्सिलोनाकै खेलाडी आन्द्रे इनिएस्टा भने स्पेनको महत्वपूर्ण खेलाडी घोषित भए ।









प्रतिक्रिया दिनुहोस्