Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


चेल्सी र ब्रिस्टोल सिटी सेमिफाइनलमा प्रवेश, म्यानचेस्टर युनाइटेड स्तब्ध


0
Shares

गएराति अबे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड २–१ गोलले स्तब्ध भएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको ५१ औं मिनेटमा ब्रिटोलले अग्रता लियो ।

त्यसपछि म्यानचेस्टर युनाइटेडले बराबरी गोल फर्काएको थियो । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा ब्रिस्टोल सिटीले थप एक गोल गर्दै सेमिफाइनल यात्रा तय गर्न सफल भयो ।

अब ब्रिस्टोलले सेमिफाइलनमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।

गएराति नै भएको अर्को खेलमा बर्नमाउथलाई हराउँदै चेल्सी पनि लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले बोर्नमाउथलाई २–१ ले हराएको हो । चेल्सीले अब सेमिफाइनलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।