Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


फाल्गुनन्द गोल्डकपमा सुनसरी–११ को विजयी सुरुआत


0
Shares

शुक्रबार भएको उद्घाटन खेलमा सुनसरी–११ ले ब्वाइज युनियन क्लब काठमाडौंलाई ३—० ले हराउँदै विजयी सुरुआत गर्‍यो ।

सुनसरीको जितमा तीर्थ बस्नेतले खेलको तेस्रो र ३६औं मिनेटमा गरी दुई तथा सौजन याक्खाले ६५औं मिनेटमा एक गोल गरे ।

प्रतियोगिताअन्तर्गत् शनिबार बिर्तामोड युनाइटेड झापा र युनाइटेड फुटबल क्लब ताप्लेजुङबीच खेल हुनेछ ।

प्रतियोगिता बिजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

आगामी पुस १६ गतेसम्म सन्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।