Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


आयोजक फारवेस्ट च्याम्पियन


0
Shares

शनिबार क्षेत्रीय रंगशाला धनगढीमा भएको फाइनल खेलमा पीएफए अत्तरीयालाई टाइब्रेकरमा ४–३ ले हराउँदै आयोजिक टिम च्याम्पियन बनेको हो ।

निर्धारित् र थपिएको समयमा पनि खेल गोलरहित बराबरी भएपछि टाइब्रेकरबाट विजेताको टुंगो लगाइएको हो ।

खेलको मध्यान्तरपछि आयोजकलाई दबाबमा राख्न सफल भएको पीएफएले गोल गर्ने केही सुनौलो अवसरको सदुपयोग भने गर्न सकेन ।

तेस्रो संस्करणको उपाधि जितेसँगै आयोजक फारवेस्ट पशुपतिले तीन लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको पीएफएले डेढ लाख रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी फारवेस्ट पशुपतिका दीपेन्द्र बूढा घोषित भए । उदीयमान खेलाडी रोशन खत्री चुनिँदा उत्कृष्ट डिफेन्डर भने पीएफए अत्तरीयाका उमित तामाङ ठहरिए ।

यस्तै, सर्वाधिक गोलकर्ता आयोजक टिमकै विदेशी खेलाडी सेगुन र उत्कृष्ट गोलकिपर प्रितम खड्का घोषित भए । उत्कृष्ट सबै खेलाडीले जनही १०/१० हजार रुपैयाँ पुरस्कार पाए ।