Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


पेनाल्टी सुटआउटमा बिर्तामोड विजयी


0
Shares

बिर्तामोडले पेनाल्टी सुटआउटमा मिसन युनाइटेड क्लब ताप्लेजुङलाई ४–२ ले हरायो ।

निर्धारित् समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा बिर्तामोड विजयी भएको हो ।

खेल सुरु भएको चौथो मिनेटमै बिर्तामोडका आशिष चापागाइँले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, १३औं मिनेटमा ताप्लेजुङका बिकेश लिम्बूले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

त्यसपछि दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका बिर्तामोडका दिलन लोक्ताम ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत् आइतबार सुनसरी–११ र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार जित्नेछन् ।

आगामी पुस १६ गतेसम्म सन्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।