१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चितवनलाई हराउँदै भैरहवा इपीएल क्रिकेटको क्वालीफायरका लागि छानियो


0
Shares

कीर्तिपुर मैदानमा भएको खेलमा भैरहवाले चितवनलाई ४ विकेटले हरायो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओरभमा ९ विकेट गुमाएर ८७ रन बनायो ।

कुनैपनि ब्याट्सम्यान क्रिजमा जम्न नसकेको चितवनका लागि दिपेन्द्रसिंह ऐरी र योगेन्द्र कार्कीले समान १५/१५ रन जोडे । बलीङतर्फ भैरहवाका कप्तान शरद भेषावकरले ३ विकेट लिए ।

जवाफमा ८८ रनको सामान्य लक्ष्य भैरहवाले खेलमा ९ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्‍यो । भैरहवालाई विजयी गराउन पुनित मिश्रले ३० तथा रोहित पौडेलले २० रन जोडे ।

यो जितसँगै शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्ससँग फाईनल क्वालीफायर तय गरेको छ ।

विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्दा पराजित हुने टोलीले ललितपुर प्याट्रिएट्स र पोखरा राईनोजबीच हुने प्ले अफ्बाट छानिने टोलीसँग दोस्रो क्वालीफायर खेल्ने मौका पाउनेछ ।

चितवन पराजित भएसँगै ललितपुर र पोखराले अन्तिम खेल अघि नैं प्ले अफ्मा ठाउँ सुरक्षित गरेका छन् ।