Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


नेपाली कराँते टोलीलाई दशगजाबाट बिदाइ


0
Shares

भारतको नयाँदिल्लीस्थित तालकोटा रंगशालामा यही पुस १३ र १४ गते हुने अन्तर्राष्ट्रिय कराँते तथा किकबक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई बिदाइ गरिएको हो ।

रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवाली, भैरहवा भन्सार कार्यालयका प्रमुख भूपालराज शाक्य, नेपाल कराँते महासंघ पश्चिमाञ्चल अध्यक्ष भरतबहादुर केसीलगायतले खेलाडीलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरेर बिदाइ गरे ।

जापान गोजुरियो कराँते डो मिसन संघ नेपालका मुख्य प्रशिक्षक तथा फाउन्डर केबी राना (काजी)को नेतृत्वमा नेपाली टोलीले प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश र माल्दिभ्सका खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीसँगै सहायक प्रशिक्षक सन्तु चौधरी, टिम म्यानेजर गिरी पुन, कोडिर्नेटर उमेश थापामगर, भीमसेन थापालगायत ३० सदस्यीय टोली भारततर्फ प्रस्थान गरेको छ ।