Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


पोखरा ओपन भेट्रान्स टेनिस जारी


0
Shares

प्रतियोतिगाअन्तर्गत् मंगलबार ३५ र ४५ वर्षमाथि प्रिक्वार्टरफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

मंगलबार भएको ३५ वर्षमाथिको खेलमा कमल भण्डारीले शंकर कार्कीलाई ६–० र ६–१ ले, रोहित सुनुवारले डा. देव थापालाई ६–० र ६–१ ले, राजन पौडेलले वीरेन्द्र लामालाई ६–३ र ६–१ ले, श्रीराम मगरले शिवलाल सुवेदीलाई ६–१ र ६–१ ले तथा राजु श्रेष्ठले नवीन श्रेष्ठलाई ६–१ र ६–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए ।

यसअघि, आ–आफ्नों खेलमा जित हासिल गर्दै राजन बिजुक्छे, निरज थापा, र प्रकाश वाग्लेले पनि क्वार्टरफाइनमा स्थान बनाएका थिए ।

प्रतियोगिताअन्तर्गत् ४५ वर्षमाथिको खेलमा विकाश गुरुङले राजु गुरुङलाई ६–१ र ६–३ ले, बिमल गुरुङले सूर्य शाहीलाई ६–० र ६–४ ले, अमृत कार्कीले सुनील श्रेष्ठलाई ६–१ र ६–२ ले, राजु श्रेष्ठ काठमाडौंले पदम गुरुङलाई ६–१ र ६–१ ले, आशिष सिग्देलले धर्म कोइरालालाई ६–१ र ६–१ ले, अनुज बाँस्तोलाले उत्तम बोगटीलाई ६–२ र ६–३ ले, शिव सेढाइँले सूर्य भुजेललाई ६–१ र ६–४ ले तथा धरमबहादुर लामिछानेले दिनेश तुलाधरलाई ६–२ र ६–४ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए ।

३५ वर्षमाथि डबल्सतर्फ क्वार्टरफाइनलका खेलहरु सकिएका छन् । श्रीराम मगर र राजकुमार घिमिरेको जोडीले अनु जोन र दोर्जे लामाको जोडीलाई ७–५ र ६–१ ले, अशोक सिंह र कमल भण्डारीको जोडीले लोक गुरुङ र राजन पौडेलको जोडीलाई ६–१ र ६–२ ले, हिमाल शाह र राजु क्षत्रीको जोडीले रोहित सुनुवार र निरज थापाको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ६–२, ६–७ र सुपरटाइमा १०–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

४५ वर्षमाथिको डबल्समा आशिष सिग्देल र राजु क्षत्रीको जोडीले प्रदीप शाह र उत्तम बोगटीको जोडीलाई ६–१ र ६–० ले, बिमल गुरुङ र हिमाल शाहको जोडीले समीर शेरचन र अनिल तुलाचनको जोडीलाई ६–३ र ६–३ ले, पृथ्वी थकाली र दिनेश तुलाधरको जोडीले कुमार गुरुङ र धर्म कोइरालाको जोडीलाई ६–३ र ६–३ को सेटमा पराजित गरे ।

५५ वर्षमाथिको एकलमा पृथ्वी थकालीले भिक्टोर राणालाई ७–५ र ६–० ले तथा समीर शेरचनले अब्दुल सहमतलाई ६–२ र ६–१ को सेटमा पराजित गरे ।

यस्तै, ५५ वर्षमाथिको डबल्समा कर्मा घले र डेनम लामाको जोडीले शान्ता श्रेष्ठ र पृथ्वीमान गुरुङको जोडीलाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गर्दै अर्को चरणमा स्थान बनाए ।