मंगलबार भएको क्वार्टरफाइनल खेलमा युकेएफसी दार्जिलिङलाई ३–१ गोलले पराजित गर्दै रुपन्देही–११ अन्तिम चारमा पुगेको हो ।
रुपन्देहीको तर्फबाट सुनील खड्काले खेलको १९औं मिनेटमा एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
रजिन सुब्बाले खेलको २९ र ६१औं मिनेटमा गरी दुई गोल गरेपछि रुपन्देहीले शानदार जित दर्ता गर्यो ।
पराजित दार्जिलिङको तर्फबाट प्रशान्त गुरुङले खेलको ३५औं मिनेटमा एक गोल फर्काए ।
खेलको ‘म्यान अफ द म्याच’ रुपन्देही–११ का छिरिङ गुरुङ घोषित भए ।
प्रतियोगिताअन्तर्गत् बुधबार त्रिभुवन आर्मी क्लब र मोरङ–११ बीच खेल हुने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्