
आयोजक सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते दो (युजेनकाई) संघले मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
प्रतियोगिताका संयोजक तथा गोजुरियो कराँते दो (युजेनकाई) संघका केन्द्रीय महासचिव प्रकाश चन्दले खेलहरु बुधबार (भोलि) बिहान १० बजेदेखि नै धनगढी रंगशालामा सन्चालन हुने बताए ।
खेलहरु बुधबार बिहान १० बजेदेखि सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन भने कैलाली निर्वाचन क्षेत्र नम्बर–५ बाट निर्वाचित सांसद नारदमुनि रानाले बुधबारै दिउँसो ३ बजे गर्ने चन्दले जानकारी दिए ।
आयोजककाअनुसार प्रतियोगितामा सहभागी हुन नेपालसहित ६ देशका करिब ५०० खेलाडीहरु धनगढी आइसकेका छन् ।
नेपालका २४३, भारतका १८०, श्रीलंकाका १९, भुटानका सात, पाकिस्तानका पाँच तथा बंगलादेशका ९ गरी ४६३ खेलाडी प्रतियोगिता खेल्नका लागि धनगढी आइपुगेको चन्दले जानकारी दिए ।
खेल सन्चालन गर्न अन्तर्राष्ट्रिय निर्णायक पनि धनगढी आइसकेका छन् ।
प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ८४ कास्यपदकाका लागि करिब ५०० खेलाडीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
प्रतियोगिता सन्चालनका लागि करिब २३ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्