कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको बुधबार भएको खेलमा कमलले राजन बिजुक्छेलाई ६–१ र ६–३ ले, श्रीरामले प्रकाश वाग्लेलाई ६–४ र ६–२ ले, रोहितले राजन पौडेललाई ६–० र ६–३ ले तथा राजु श्रेष्ठले निरज थापालाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।
त्यसैगरी, ४५ वर्षमाथिको एकलमा बिमल गुरुङ, राजु श्रेष्ठ, आशिष सिग्देल र धरमबहादुर लामिछानेले सेमिफाइनलमा स्थान बनाए ।
बुधबारै भएको खेलमा बिमलले विकास गुरुङलाई ६–३ र ६–० ले, राजुले अमृत कार्कीलाई ६–३ र ६–० ले, आशिषले अनुज बाँस्तोलालाई ६–२ र ६–२ ले तथा धरमले शिव सुवेदीलाई ६–१ र ६–१ ले पराजित गरे ।
३५ वर्षमाथिको डबल्सतर्फ अशोक सिंह र कमल भण्डारीको जोडीले हिमाल शाह र राजु क्षेत्रीको जोडीलाई संघषपूर्ण खेलमा ५–७, ६–२ र सुपरटाइमा १०–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे ।
सोही समूहको अर्को खेलमा राजु श्रेष्ठ र राजु श्रेष्ठ जोडीले श्रीराम मगर र राजकुमार घिमिरेको जोडीलाई ७–५ र ६–३ मा पराजित गर्दै भण्डारी जोडीसँग उपाधि भिडन्त तय गर्यो ।
५५ वर्षमाथिको एकलमा डेनम लामाले करिम मुल्लालाई, पृथ्वी थकालीले कर्मा घलेलाई, छ्याम्बा ढुन्डुपले समीर शेरचनलाई तथा अनिल तुलाचनले प्रदीप शाहलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे ।
५५ वर्षमाथिको डबल्सतर्फ राजु श्रेष्ठ र बसन्त प्रधानको जोडीले विष्णु गुरुङ र पदम गुरुङको जोडीलाई ६–१ र ६–१ ले तथा करिमु मुल्लहा र छ्याम्बा ढुन्डुपको जोडीले कर्मा घले र डेनम लामाको जोडीलाई ६–१ र ६–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको प्रतियोगिता निर्देशक राजन पौडेलले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्