सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते दो (युजेनकाई) संघको आयोजनामा सुरु भएको प्रतियोगिताको बुधबार कैलाली क्षेत्र नम्बर–५ बाट निर्वाचित सांसद नारदमुनि रानाले उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै रानाले ७ नम्बर प्रदेशलाई खेलाडी उत्पादन गर्ने क्षेत्रकोरुपमा विकास गर्ने घोषणा गरे । त्यसका लागि खेलमैत्री नीति बनाउन पहल गर्ने प्रतिबद्धता उनले जनाए ।
प्रतियोगितामा नेपालसहित ६ देशका करिब ५०० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
नेपालका २४३, भारतका १८०, श्रीलंकाका १९, भुटानका सात, पाकिस्तानका पाँच तथा बंगलादेशका ९ गरी ४६३ खेलाडीले ४२ स्वर्ण, ४२ रजत र ८४ कास्यपदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।









प्रतिक्रिया दिनुहोस्