
जिल्ला शिक्षा कार्यालय कैलाली नजिकै स्थानीय नरेन्द्र अवस्थीको घर अगाडि राखिएको बमलाई सेनाको डिस्पोजल टोलीले निक्रिय पारेको हो । आज विहान करिब ६ बजेतिर उक्त बम देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बम भएको स्थानमा प्रहरीले सुरक्षा दिएपछि बोराडाडीस्थित सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । बिहान बम भेटिने बित्तिकै नेपाली सेनालाई बम डिस्पोजका लागि आग्रह गरे पनि ३ घन्टा ढिलो गरी सेनाको टोली घटनास्थल पुगेको थियो ।
बम कसले के उद्देश्यले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
एकाविहानै घरको आगनमा बम भेटिएपछि स्थानीयबासी त्रसित भएका थिए । निर्वाचनका बेला सुरक्षा निकायले शान्ति सुरक्षा कायम गर्न व्यापक सकृयता बढाएको भए पनि निर्वाचन सम्पन्न भएसँगै प्रहरी शान्ति सुरक्षामा सुस्त भएको छ ।
पछिल्लो समय धनगढी उपमहानगरपालिका विभिन्न वडामा दैनिकजसो चोरीका घटना बढ्दै गएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीयले प्रशासनले शान्ति सुरक्षामा बेवास्ता गर्दा घटना बढ्दै गएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्