२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कमल र श्रीरामबीच उपाधि भिडन्त


0
Shares

बिहीबार भएको सेमिफाइनलमा कमलले रोहित सुनुवारलाई ६–२ र ६–३ ले तथा श्रीराम मगरले राजु श्रेष्ठलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त तय गरेका हुन् ।

यी दुवै खेलाडीले यसअघि पोखरा भेट्रान्सको उपाधि एक–एकपटक जितिसकेका छन् ।

त्यसैगरी, ४५ वर्षमाथिको एकलमा पोखराका धरमबहादुर लामिछाने र टिम मन्डिखाटारका बिमल गुरुङबीच उपाधि भिडन्त हुने भएको छ ।

सेमिफाइनलमा धरमले आशिष सिग्देलमाथि ४–६, ७–५ र सुपरटाइमा १०–८ को कठिन जित निकाल्दै फाइनलमा पुग्दा बिमलले राजु श्रेष्ठमाथि २–६, ६–४ र सुपरटाइमै १०–५ को संघर्षपूर्ण नतिजा निकाल्दै फाइनलमा स्थान बनाए ।

३५ वर्षमाथि डबल्सतर्फको उपाधि भने राजु श्रेष्ठ (स्पीड वे) र राजु श्रेष्ठ (गोर्खा)को जोडीले जितेका छन् ।

बिहीबारै भएको फाइनल खेलमा श्रेष्ठ जोडीले कमल भण्डारी र अशोक सिंहको जोडीलाई ७–५ र ६–३ को सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् ।

त्यसैगरी, ४५ वर्षमाथि डबल्सतर्फको उपाधि आशिष सिग्देल र राजु क्षत्रीको जोडीले जितेको छ । बिमल गुरुङ र हिमाल शाहको जोडीलाई ६–१ र ६–२ को सहज सेटमा पराजित गर्दै उनीहरुले उपाधि रक्षा गरेका हुन् ।

५५ वर्षमाथि डबल्सतर्फको उपाधि करि मुल्लाह अन्सारी र छ्याम्बा धुन्डुपको जोडीले जित्यो । सो जोडीले फाइनल खेलमा राजु श्रेष्ठ र बसन्त प्रधानको जोडीमाथि १–६ र ७–६ र सुपरटाइमा १०–८ को कठिन जित निकालेका हुन् ।