२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कीर्ते अभियोगमा यातायात कार्यालयका उपसचिव र शाखा अधिकृत समातिए


0
Shares

आयोगका अनुसार नक्कली कागजात तयार पारी साउदी अरब सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाएको अभियोगमा उपसचिव सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई बिहीबार कार्यालयबाटै पक्राउ गरी अनुसन्धान गरिएको आयोगले जनाएको छ ।

यही पुस ९ गते सोही कार्यालयका नासु यादव पौडेल र खरिदार सुमन पाखरेललाई लेखापढी व्यवसायी अशोक कार्कीमार्फत रु ३२ हजार घुस मागेको अभियोगमा पक्राउ गरिएको थियो ।

यस्तै, बिहीबार नै भूमिसुधार कार्यालय भक्तपुरक नासु राजु गौतमलाई घुस लिएको अभियोगमा आयोगको टोलीले पक्राउ गरेको छ । आयोगले मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु ६ हजार घुस लिएको अभियोगमा कार्यालय परिसरबाटै उनलाई पक्राउ गरेको हो । रासस