Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


‘उपाधि जित्न आतुर’


0
Shares

प्रतियोगितामा पारस खड्का नेतृत्वको विराटनगर र शरद भेषावकर नेतृत्वको भैरहवा आमने–सामने हुन लागेको जारी प्रतियोगिताको तेस्रो खेल हो ।

यसअघि, समूह चरण र क्वालिफायर खेलमा विराटनगरले भैरहवालाई हराएको थियो ।

फाइनलसमेत जितेर भैरहवाविरुद्ध जितको ह्याट्रिक गर्दै उपाधि आफ्नो पोल्टामा पार्न विराटनगर आतुर देखिएको छ ।

फाइनलको पूर्वसन्ध्यामा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कप्तान पारसले टिम फर्ममा रहेकाले उपाधि जित्नेमा विश्वस्त रहेको बताएका छन् ।

भैरहवाका कप्तान शरदले यसअघि गरेका गल्ती सुधार्दै उपाधि जित्नकै लागि मैदानमा उत्रने बताए ।

६ टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पुरस्कार जित्नेछ ।

काठमाडौं किंग्स इलेभेन र चितवन टाइगर्स समूह चरणबाटै बाहिरिएका थिए भने ललितपुर प्याट्रियट्स र पोखरा राइनोज् अन्तिम चारको भिडन्तबाट बाहिरिएका थिए ।

फाइनल खेल शनिबार बिहान ११ बजे कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।