
परिषद्को बिहीबार बसेको बैठकले उच्च अदालतका लागि चार मुख्य न्यायाधीशको सिफारिस गरेको हो ।
परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीशका लागि सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदी, उच्च अदालतका न्यायाधीश उदयप्रकाश चापागाइँ, हरिप्रसाद पोखरेल र यज्ञ बस्याललाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
उच्च अदालतका मुख्य न्यायाधीश परिषद्को सिफारिसमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नियुक्ति गर्ने व्यवस्था रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्