२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कपिलबस्तुमा २० किलो चरेससहित एकजना पक्राउ


0
Shares

बासुदेव बर्मा/ईमेज

कपिलवस्तु । कपिलबस्तु प्रहरीले लागुऔषध २० किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्लाको शिवराज नगरपालिका वडा नं. ९ रमुवादहमा उक्त परिमाणको चरेश सहित रोल्पा लिवाङ्ग नगरपालिका–६ चईवाङ्गका २९ वर्षीय रमेश बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीवार राती पौने १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट प्रहरी नायब निरीक्षक लोकबहादुर सिंहको कमाण्डमा खटिएको गस्ती टोलीले चेकचाँज गर्दा उक्त परिमाणको लागुऔषध र अन्य वस्तु समेत फेला पारेको थियो ।

बमरीबाट रमुहदहतर्फ आउँदै गरेका ३ जना व्यक्तिहरुले पछाडि भिरेको झोला शंका लगेर प्रहरीले चेकजाँच गर्दा उनको साथबाट एक/एक किलो तौलका २० पोका चरेस, पाँच किलो ३ सय ग्राम तौलका भटमासको दाना र २ किलो ३ सय ५० ग्राम तौलको सिमिको दालसमेत बरामद गरेको थियो ।

बुढालाई पक्राउ गरेपनि अन्य दुई जना भने फरार भएको प्रहरीले जनाएको छ ।  फरार ती दुई जनाको खोजी कार्य भईरहेको प्रहरी नायब उपरिक्षक रबि रावलले बताए ।

पक्राउ परेका बुढालाई अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

खुल्ला सिमानाको फाइदा उठाउदै लागुपदार्थ प्रयोगकर्ता बढ्न थालेसंगै कपिलवस्तुमा प्रहरीले बिशेष रणनिती अपनाएको छ ।