२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


मैदानमा आफ्नै टिमका ब्याट्सम्यानले खुशी मनाइरहँदा ड्रेसिङ रुममा कप्तान निराश !


0
Shares

म्याचको चौथो दिन १७२.२ ओभरमा यस्तो दृष्य देखिएको हो । अस्ट्रेलियाका मिशेल मार्स ९८ रनमा खेलिरहेका थिए । टम करनको बललाई प्वाइन्टको दिशामा प्रहार गर्दै उनी दुई रनका लागि दौडिए । तीव्र गतिमा उनले एक रन पुरा गरे । तर दोस्रो रन पुरा गर्नुअघि नै उनी शन मार्ससँग अंकमाल गर्दै खुशी बाँड्न थाले । उनी आफ्नो शतक पुरा भएकोमा खुशी बाँड्दै थिए । यद्यपि उनले ९९ रनमात्र पुरा गरेका थिए ।

अस्ट्रेलियाका कप्तानसहित अन्य खेलाडीहरु ड्रेसिङ रुमबाट यो दृष्य हेरिरहेका थिए । सुरुमा त कप्तान स्मिथले पनि ताली बर्जार मिशेलको शतकमा बधाइ दिएका थिए तर रन लिने क्रममा ९९ रनमात्र पुरा गरेर क्रिजको बीचमै दुई खेलाडी खुशी बाँड्न ब्यस्त रहेपछि उनी स्तब्ध भए । किनकी कुनै पनि बेला ‘रन आउट’ को सम्भावना थियो र शतक पनि पुरा भएको थिएन ।

ड्रेसिङ रुमबाटै कप्तान स्मिथले चिच्याएर मिशेललाई अर्को रन पुरा गर्न भने । त्यसपछि बल्ल मिशेल आफ्नो रन पुरा गर्न दौडिए । अन्ततः उनले रन पुरा गर्दै आफ्नो नाममा शतक लेखाए । पछि मार्श दाजुभाई आफूहरुको बेवकुफीप्रति हाँसिरहेका देखिन्थे ।