४ भाद्र २०८२, बुधबार | Thu Aug 21 2025


ट्रयाक्टर दुर्घटनामा दुईजनाको मृत्यु, ८ घाइते


0
Shares

उदयपुर, मंसिर २८ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ मा एक ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

बिहीबार राति ११ बजेतिर वनभोज खाएर सिरवानीबाट बलम्तातर्फ आउँदै गरेको स१त ७३२३ नम्बरको ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा लिम्चुङबुङ–४, बलम्ताका ट्रयाक्टरचालक सुविन राई र सोही ठाउँका पवन राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घाइते सबैको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।