Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


नक्कली नेपाली रुपैयाँ बनाउने दुईजना भारतीय नागरिक पक्राउ


0
Shares

बिहीबार राति विशेष सुराकीका आधारमा बेलौरीको दशगजा क्षेत्रमा खटिएको ब्यूरोको टोलीले नेपाली रु एक हजारको नक्कली नोट बनाइरहेको अवस्थामा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाटका २२ वर्षीय बलवीर सिंह र १९ वर्षीय कृष्ण सिंहलाई पक्राउ गरेको क्षेत्रीय अनुसन्धान ब्यूरोका प्रहरी सहायक निरीक्षक केशव जोशीले जानकारी दिए ।

अभियुक्तहरुको साथबाट रु एक हजारको नोट बनाउन लागि काटेका कागज, विभिन्न केमिकल र मेसिनसमेत ब्यूरोले नियन्त्रणमा लिएको उनले बताए । ‘हामी एक महिनादेखि नक्कली नोट बनाउने गिरोहबाट विशेष निगरानीमा थियौँ ।’

प्रहरी सहायक निरीक्षक जोशीले भने, ‘पक्राउ परेका अभियुक्तहरु लामो समयदेखि भारतमै बसेर नोट बनाउन सक्रिय थिए ।’ उनले विभिन्न उपायबाट अभियुक्तलाई नोट छाप्न भन्दै सीमा क्षेत्रसम्म ल्याइपु¥याउँदै नियन्त्रणमा लिन सफल भएको बताए ।

‘अभियुक्तहरुले भारतकै हिमाञ्चलबाट नक्कली रुपैयाँ बनाउने मेसिन ल्याएको प्रारम्भिक अनुसन्धानबाट देखियो ।’ जोशीले भने, ‘नक्कली नोट बनाउन ठूलो गिरोह सक्रिय छ ।’ पक्राउ परेका अभियुक्त र भेटिएका सामानसहित ब्यूरोले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाएको छ । रासस