२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मनाङ शानदार जितसँगै सेमिफाइनलमा


0
Shares

शुक्रबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा रुपन्देही–११ माथि शानदार जित निकाल्दै साविक विजेता मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

क्षेत्रीय रंगशालामा भएको खेलको १९औं मिनेटमा विदेशी खेलाडी भिक्टरको गोलबाट अग्रता लिएको मनाङले खेल अवधिभर नै रुपन्देहीलाई दबाबमा राख्यो ।

पहिलो हाफमा एक गोलमात्रै खाएको रुपन्देहीले दोस्रो हाफमा एक आत्मघाती गोल व्यहोर्न पुग्यो । ५५औं मिनेटमा रुपन्देहीले छिरिङ गुरुङमार्फत् आत्मघाती गोल खायो ।

खेलको ८३औं मिनेटमा विशाल राईले एक गोल थप्दै टिमको अग्रता तेब्बर पारे । ८४औं मिनेटमा विमल रानाले चौथो गोल थपे ।

खेलको ‘म्यान अफ द म्याच’ विदेशी खेलाडी भिक्टर घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । सेमिफाइनलमा प्रवेश गर्ने चारओटै टिमको टुंगो लागेको छ ।

आयोजक सुदूरपश्चिम–११, सशस्त्र प्रहरीको एपीएफ क्लब, त्रिभुवन आर्मी यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतियोगिताअन्तर्गत् शनिबार मनाङ र आर्मीबीच पहिलो सेमिफाइनल खेल हुनेछ । अर्को सेमिफाइनलमा आइतबार सुदूरपश्चिम–११ र सशस्त्र भिड्ने आयोजकले जनाएको छ ।