
अहिलेसम्म सम्पन्न आइपीएलका १० संस्करणसम्म एकजना पनि नेपाली खेलाडी अक्सनमासमेत पर्न सकेका थिएनन् ।
सन्दीपको नाम अक्सनमा परेसँगै अष्ट्रेलियन पूर्वकप्तान माइकल क्लार्कले खुसी व्यक्त गरेका छन् ।
उनले सामाजिक सन्जाल ट्वीटरमार्फत् आफू भए उनलाई टिममा समावेश गर्ने प्रतिक्रिया दिएका छन् । उनले सन्दीपलाई ‘आकर्षक क्षमता र फुच्चे च्याम्पियन’को संज्ञा दिएका छन् ।
आइपीएलको अक्सनमा सन्दीपको बोली न्यूनतम् २० लाख भारतीय रुपैयाँबाट सुरु हुनेछ । अक्सन माघ १३ र १४ गते हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्