२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


थालिगाडा मेयरकप क्रिकेटको सेमिफाइनलमा


0
Shares

समूह चरणको अन्तिम खेलमा सोमबार दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीलाई ५ विकेटले हराउँदै थालिगाडाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा टस जितेर पहिले ब्याटिङ गरेको दुर्गाभवानी ८८ रनमा समेटियो ।

दुर्गाभवानीका गोविन्द भट्टले सर्वाधिक ४५ रनको योगदान गरे । बलिङतर्फ थालिगाडाका शंकर महरले चार विकेट लिए ।

जवाफमा ८९ रनको विजय लक्ष्य थालिगाडाले १३.५ ओभरमा पूरा गर्‍यो । थालिगाडाका चन्दन रावल र लोकेन्द्र रावलले समान १५/१५ रन बनाए । दुर्गाभवानीका गोविन्द भट्टले ३ विकेट लिए ।

थालिगाडाका लागि ४ विकेट लिएका महर खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।