
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतको गरिफा स्पोर्टिङ क्लब कोलकातालाई ३–० ले हराउँदै मनाङले फाइनल यात्रा तय गरेको हो ।
मनाङको जितमा खेलको ४७औं र ६९औं मिनेटमा गरी सन्तोष साउखलले दुई गोल गरे भने ७६औं मिनेटमा विमल रानाले एक गोल गरे ।
खेलको ‘म्यान अफ द म्याच’ मनाङकै सन्तोष साउखल घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
यो जितसँगै मनाङले अब उपाधिका लागि आगामी शनिबार थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ‘टाइब्रेकर’मा पराजित गर्दै थ्रीस्टार फाइनलमा पुगिसकेको छ ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुस्कार पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्