२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपालको क्रिकेट विवाद समाधानका लागि मनिटरिङ कमिटी गठन गर्न प्रस्ताव


0
Shares

सरोकारवाला पक्षहरुसँग छलफल गर्न काठमाडौं आएको आईसीसीको टोलीले ५ सदस्यीय मनिटरिङ कमिटी गठन गर्ने प्रस्ताव गरेको हो ।

आईसीसीका कार्यवाहक प्रमुख ईमरान ख्वाजा, डेभलपमेन्ट अफिसर विलियम ग्लेनराईट र अमर शेखको टोलीले गरेको प्रस्ताव अनुसार ५ सदस्यीय मनिटरिङ कमिटीमा आईसीसीका तर्फबाट तीन जना सदस्य रहनेछन् ।

यसैगरी निर्वाचित नेपाल क्रिकेट संघ क्यानको तर्फबाट एक तथा राष्ट्रिय खेलकुद परिषद राखेपको तर्फबाट एक जना सदस्य रहनेछन् ।

उक्त कमिटीलाई चतुरबहादुर चन्द नेतृत्वको निर्वाचित क्यानले अनुमोदन गर्नुपर्नेछ । मनिटरिङ कमिटीले क्यानको नयाँ विधान अनुसार जिल्ला, क्षेत्र हुँदै केन्द्रसम्मको चुनाव गराउने जिम्मेवारी पाउनेछ ।

निर्वाचित क्यानले यसअघि आईसीसीद्वारा स्विकृत विधान आफूखुशी संशोधन गरी सम्पन्न गराएको जिल्ला निर्वाचन भने स्वतः खारेज हुनेछ ।

आइसीसी टोलीले आज सरकारी प्रतिनिधिहिरुसँग पनि छलफल गरेपछि अन्तिम निष्कर्ष निकाल्ने बताइएको छ ।