२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मादकपदार्थ सेवन गरी श्रीमतीको हत्या


0
Shares

अर्जुनधारा–५ पान्डपुरका ५५ वर्षीय ईश्वर दनुवारले ५२ वर्षीया दोमनी दनुवारको आइतबार बेलुका हत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

मादकपदार्थ सेवन गरेका ईश्वरले बलिरहेको चिर्पटले प्रहार गर्दा दोमनीको मृत्यु भएको थियो ।

अभियुक्त ईश्वरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इप्रका अनारमनीले जनाएको छ । रासस