३० असार २०८२, सोमबार | Tue Jul 15 2025


नेपाल अन्तिम अभ्यास खेलमा पराजित


0
Shares

शुक्रबार युएईमा भएको खेलमा २१६ रनको सामान्य चुनौती पछ्याएको नेपालले ३८ ओभर ५ बल क्रिजमा टिकेर सबै विकेट गुमाउँदै १५१ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान पारस खड्काले ४१, दीपेन्द्रसिंह ऐरीले २६, ज्ञानेन्द्र मल्लले २४ तथा अनिल शाहले २१ रन जोडे ।

खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा २१५ रन बनाएको थियो । चिराग सुरीले ८५, अलि मिर्जाले ४२ तथा यतिरुर रहमानले ३३ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामीले ३ तथा ललित भण्डारीले २ विकेट लिए । त्यसैगरी, पारस खड्का, बसन्त रेग्मी र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।

यसअघि, सोही टिमसँग भएको पहिलो खेलमा नेपाल २५ तथा दोस्रो खेलमा १९३ रनले विजयी भएको थियो ।

माघ २५ गतेदेखि नामिबियामा हुने प्रतियोगिताका लागि नेपाल आइतबार युएईबाटै त्यता लाग्नेछ । प्रतियोगितामा नेपालसहित युएई, नामिबिया, केन्या, क्यानाडा र ओमन रहेका छन् ।