
नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको मैदानमा मंगलबार भएको प्रतियोगिताको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै न्यू डायमन्डले उपाधि रक्षा गरेको हो ।
न्यू डायमन्डले खेल २४–२६, २५–२३, २८–२६ र २५–२३ ले जितेको हो । न्यू डायमन्डले सशस्त्रसँग केही दिनअघि सम्पन्न ढोरपाटन कपमा भोगेको हारको बदला पनि लिन सफल भएको छ ।
उपाधिसँगै न्यू डायमन्ड एकेडेमीले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको सशस्त्रले १ लाख १ हजारमा चित्त बुझायो ।
प्रतिक्रिया दिनुहोस्