२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सिमरा गोल्डकपको सबै तयारी पूरा, मनाङ–मर्स्याङ्दी सहभागी नहुने


0
Shares

आयोजक नवजनजागृति युवा क्लबले मंगलबार सिमरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

आयोजक क्लबका अध्यक्ष कासिम मियाँले प्रतियोगितामा १० टिमको सहभागिता रहने जानकारी दिए ।

प्रतियोगिताको दुईओटा संस्करणको विजेता मनाङ–मर्स्याङ्दी क्लबले अन्तिम समयमा आएर प्रतियोगितामा सहभागी हुन नसक्ने बताएको जनाइएको छ ।

आफ्ना अधिकांश खेलाडी घाइते भएकाले प्रतियोगितामा भाग लिन नसक्ने पत्र मनाङले सोमबारमात्रै पठाएको मियाँले बताए ।

प्रतियोगितामा साविक विजेता संकटा क्लब, थ्रीस्टार, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ, मोरङ फुटबल क्लब, वीरगन्ज युनाइटेड, सुदूरपश्चिम–११ स्पोर्टिङ क्लब धनगढी, विजय युथ क्लब धनगढीसहित आयोजक नवजनजागृतिको एनजेजेवाइसी ‘सेतो’ र एनजेजेवाइसी ‘नीलो’ गरी १० टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आगामी फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले पाँच लाख ५१ हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान मोटरसाइकल तथा विभिन्न ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

माघ २५ गते चर्चित कलाकार तथा समाजसेवी जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक क्लबका अध्यक्ष मियाँले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न कुल ७५ लाख ९८ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।