१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


भ्यालेन्सियालाई पराजित गर्दै बार्सिलोना फाइनलमा प्रवेश


0
Shares

भ्यालेन्सियाको मैदानमा भएको दोस्रो लेगको खेलमा २–० को जित निकाल्दै बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो ।

आफ्नै मैदानमा भएको पहिलो लेगको खेल १–० ले जितेको बार्सिलोनाले समग्रमा खेल ३–० ले आफ्नो पक्षमा पारेको हो । गएरातिको खेलमा बार्सिलोनालाई विजयी गराउन फिलिप कौटिन्हो र ईभाँ राकिटिचले एक–एक गोल गरे ।

गत महिनामात्रै इंग्लिश क्लव लिभरपूलबाट बार्सिलोना गएका ब्राजिलियन खेलाडी कौटिन्होले नयाँ क्लव बार्सिलोनाको लागि पहिलो गोल गरेका हुन् ।

बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा पुगेको यो लगातार पाँचौ अवसर हो । बार्सिलोनाले उपाधिका लागि सेभियाको सामना गर्नेछ ।