
नेपाल नागरिक उडड्यन प्राधिकरण र निर्माण कम्पनी नेपाल ईको चार्ली (एनईसी)ले अध्ययन सुरु गरेका हुन् ।
प्राधिकरणका उपनिर्देशक सञ्जिव सिंह कठायतसहित निर्माण कम्पनी एनईसीको प्राविधिक टोलीले धनगढीमा अध्ययन सुरु गरेका हुन् ।
प्राधिकरणसँग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाईकाले दुई वर्षअघि नै धनगढी विमानस्थलमा भिओर/डिएमई र एप्रोच लाईट जडानको सम्झौता गरेको थियो ।
सम्झौता बमोजिम त्यसको अध्ययनपछि मेसिन जडान गर्ने उद्देश्यका साथ उक्त टोली आएको विमानस्थल प्रमुख छविसिंह ठकुल्लाले बताए ।
टोलीले विमानस्थल टावर र मेसिन कहाँ, कसरी र कुन ठाउँमा जडान गर्ने भन्नेबारे अध्ययन गर्ने छ ।
आगामी वर्षको हिउँददेखि धनगढी विमानस्थलमा जहाजको दिशा निर्देश गर्ने उपकरण भिओर, पाइलटलाई विमानस्थल र जहाजको दुरीको निर्देश गर्ने डिएमई र रात्रीकालीन उडानका लागि एप्रोच लाईट जडान कार्य सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्