
शनिबार धरान रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै थ्रीस्टारले उपाधि चुमेको हो ।
थ्रीस्टारको जितमा पहिलो हाफको इन्जुरी समयमा अफ्रिकन खेलाडी अजय मार्टिनले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
उपाधिसँगै थ्रीस्टारले ६ लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको पुलिसले तीन लाखमा चित्त बुझायो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता थ्रीस्टारका निराजन खड्का घोषित भए । उनले एकथान यामाहा मोटरसाइकल र २५ हजार रुपैयाँ पाए ।
यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका क्रमशः एलेन न्यौपाने, लावल वालावाल र मेघराज केसी घोषित भए ।
उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्टाइकर पुलिसका क्रमशः सुमन लामा र रेजिन सुब्बा घोषित भए । विधागतरुपमा उत्कृष्ट भएकाहरुले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्