
हात्तीको बथान नै पसेर घर भत्काउन र बालीनाली सखाप पार्न थालेपछि स्थानीयबासिन्दा रातभर जाग्राम बस्न थालेका छन् । उनीहरु हात्तीको सास्तीबाट बच्ने उपायको खोजीसमेत गर्न थालेका छन् ।
पछिल्लो समय झापाको दक्षिणी क्षेत्रमा हात्तीको उपध्रो बढ्दै गएपछि स्थानीय आतंकित बनेका हुन् ।
दिन नबिराई हात्तीले दुख दिन थालेपछि झापाका कचनकवल, जलथल, भद्रपुर, हल्दिबारी, मेचीनगर लगायत स्थानका स्थानीय रातमा सुत्न नपाएको बताउँछन् ।
दिनभर नजिकैको जंगलमा बस्ने हात्तीले रातमा आहाराको खोजि गर्दै नजिकैको गाउँ छिरी घर भत्काउने र बालिनाली नस्ट गर्दा आफुहरु वषौँदेखि पीडित भएको कचनकवल गाउँपालिकाका स्थानीय गुनासो गर्छन् ।
बस्ती नजिकका सामुदायिक बन बढ्दै जाँदा हात्तीलाई लुक्न पनि सहज भएको छ ।
हात्ती नियन्त्रणका लागि कतैबाट केहि पहल नहुँदा स्थानीयले हात्तीबाट घरलाई जोगाउन सामान्य विद्युतिय तार जडान गरेका छन् ।
सोहि तारमा राति करेण्ट छाडेर स्थानीय सुत्छन् । तर सामान्य तारलाई हात्तीले आफ्नो दाह्राले हटाउँदै घरमा भएको अन्नबालिनै खाईदिने र मानिसकै ज्यान लिने गरेको उनिहरु बताउँछन् ।
विभिन्न समयमा हुने निर्वाचनमा हात्ती नियन्त्रणको एजेण्डा बनाउने उम्मेदवारले चुनाव जितेपछि एजेण्डानै भुल्ने गरेको उनिहरुको आरोप छ ।
तर झापा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपा नेता राजेन्द्र लिङ्देनले आफु विजयी बनेपछि पनि सो क्षेत्रमा पुगेर हात्ती नियन्त्रणको विभिन्न योजना बनाई रहेको बताए ।
हात्ती आतंक बढ्दै जाँदा समेत यस अघि उचित व्यवस्थापन नगर्दा डेढ वर्षको अवधिमा झापा र इलामको सिमावर्ती क्षेत्रका ११ जनाले ज्यान गुमाई सकेका छन् । जसमा झापाका मात्र ७ जना रहेका छन् ।
अहिले झापामा ७ बाट बढेर हात्तीको संख्या पनि १२ पुगेको बन कार्यालयको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्